नियम २१७
महान्यायाधिवक्ताले राय व्यक्त गर्ने
(१) अध्यक्षले कुनै कानूनी प्रश्नको सम्बन्धमा नेपालको संविधानको धारा १५८ को उपधारा (४) बमोजिम महान्यायाधिवक्ताको राय लिन आवश्यक ठानेमा महान्यायाधिवक्तालाई सदनमा उपस्थित भई राय व्यक्त गर्न अनुमति दिनेछ । (२) उपनियम (१) बमोजिम व्यक्त गरिएको रायमाथि छलफल हुने छैन । (३) उपनियम (१) बमोजिमको राय व्यक्त गर्ने प्रक्रिया अध्यक्षले निर्धारण गरे बमोजिम हुनेछ ।